कोरोना जोखिममा सरकारी गाडी लिएर किनमेल गर्न जोगबनी पुगे सिडिओ

कोरोना जोखिममा सरकारी गाडी लिएर किनमेल गर्न जोगबनी पुगे सिडिओ


१५ चैत, विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण सिल गरिएको नाका पार गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी किनमेल गर्न सीमावर्ती भारतीय बजार जोगबनी पुगेका छन् ।

शनिबार परिवारसहित सरकारी गाडीमा आएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल जोगबनी पुगेका हुन् ।

शनिबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै जोगबनी पुगेपछि स्थानीय युवाले गाडी रोकेका थिए । दुई नम्बर ढाटमा युवाले गाडी रोकेपछि प्रमुख जिल्ला अधिकारी अर्कै बाटो पैदल निस्किएका थिए ।

सरकारी नम्बर प्लेट को १ झ ५५५ गाडीमा कपडा भेटिएपछि स्थानीय युवाले गाडी इलाका प्रहरी कार्यालय रानीमा बुझाए ।

‘सीमाका जनतालाई औषधि किन्न जोगबनी जानुपरे चोरबाटो जानुपर्छ,’ स्थानीय युवा हामिद आजादले भने, ‘सरकारी गाडी सीमामा रोकेर सहजै प्रवेश गरेको देखेपछि हामीले रोक्यौं, रोक्ने जानकारी पाएपछि सिडिओ साब अर्कै बाटो पैदल जानुभो ।’

जनता र प्रशासकलाई कानुन समान हुनुपर्ने उनको भनाइ छ । ‘चालक मात्रै रहेको गाडीमा जोगबनीमा मिनमेल गरेको कपडा थियो,’ उनले भने, ‘हामीले गाडी प्रहरीको जिम्मा लगायौं, प्रहरीले गाडी छाडिदियो ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले छुट्टै जिल्लाको नाकाको विषयमा आफूलाई जोड्न नमिल्ने बताउँछन् । गाडी जोगबनी पुगेको स्वीकार गर्दै उनले आफू भने जोगबनी नगएको दाबी गरे । ‘सुनसरीमा भान्टाबारी नाकाबाट आवतजावत भइरहेको छ,’ उनले भने, ‘छुट्टै जिल्लाको विषयमा मलाई जोड्न मिलेन, फेरि म पनि गएको होइन ।’

प्रमुख जिल्ला अधिकारीले आफू नगएको दाबी गरेपनि प्रहरी स्रोत भने उनी जोगबनी गएको बताउँछ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले स्थानीयले नियन्त्रणमा लिएको गाडी चालकको जिम्मा लगाएर पठाइएको बताए । ‘गाडी यहाँ आउदा चालक मात्रै थिए, सिडिओ कार्यालयको गाडी रहेछ,’ उनले भने, ‘गाडी छाड्दियौं ।’

प्रजिअ ढकालले प्रयाेग गरेकाे गाडी



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *