के भयो यी युवकलाई, जो दौडिए राजमार्गमा ना’ङ्गै


काठमाण्डौ । अमेरिकाको ओहायोको एक सडकमा हिँडिरहेका मानिसहरु चकित भए जब हातमा सेल्फी स्टिक लिएर एक युवक ना’ङ्गै दौडिरहेका थिए । डिसेम्बर १५ को दिनको यो दृष्य आजभोलि सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनले यसो गर्नुको पछाडिको कारण भने अझै खुलेको छैन ।
ओहायो सहरको कोलम्बसमा आठ लेनको सडकमा पुरै ना’ङ्गो युवक स्केटिङ जुत्ता लगाएर दौडिरहेका थिए । युवकले आफ्नो मुखमा पाण्डाको मास्क लगाएका कारण अनुहार चिन्न सकिएन । उनको यो हर्कत बारे मानिसहरुले विभिन्न प्रकारका प्रतिक्रिया दिएका छन् । धेरैले सडकमा खुल्ला रुपमा यसरी दोडिनुलाई सुरक्षासँग जोडेर हेरेका छन् ।

उनको यसप्रकारको दौड पछि त्यहाँको प्रशासनलाई पनि चुनौति थपिदिएको छ । त्यसोत उक्त सडकमा मानिसहरुलाई पैदल हिँड्न पनि अनुमति नभएको बताइन्छ । तीब्र गतिमा कुद्ने सवारी साधनका कारण उक्त सडकमा त्यसरी स्केटिङ गर्न झन् मनाही छ । मानिसहरुले यसबारेमा ती युवकलाई कारबाही गर्न माग गरेका छन् ।
यसप्रकारका घटना यो पहिलो भने होइन । गएको अगष्ट महिनामा पनि एक ना’ङ्गो मानिस युरोपको सडकमा यसरी नै दौडिदा मानिसहरुले उसलाई त्यति ध्यान दिएका थिएनन् । पछि ती ना’ङ्गा मानिस एउटा कारको अगाडि आएर उभिए । कार चालकले उनलाई अगाडिबाट पन्छाउन हरेक उपाय गरे तर उनी नहटे पछि जोडले थप्पड लगाउँदा उनी भूँईंमा बजारिएका थिए । एजेन्सी



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *