हामी कुलमानलाई चाहान्छाैँ भन्दै कुलमान घिसिङको पुनः नियुक्तिका लागि कोहलपुर बाँकेमा र्याली प्रदर्शन गर्न युवाहरुकाे जमात उर्लिएको छ ।
शनिबार विहान ८ बजे कोलहपुर चौराहाबाट सुरुभएको र्याली प्रदर्शन बजार परिक्रमा गरी १० बजे कोहलपुरको न्यूरोडमा गएर कोटसभा गरि समापन गरिएको त्यहाँका युवा प्रतिनिधि सरोज राज शाहीले जानकारी गरेका छन् ।“भ्रष्टचारको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ ! कमिसनको चलखेलबाट प्राधिकरणलाई मुक्त पारौँ ! ” भन्ने मूल नाराका साथ त्यहाँका युवाहरुले पुनको पुनः नियुक्तिको लागि ¥याली प्रदर्शन गरेका हुन् ।

उक्त र्याली प्रदर्शन कार्यक्रमको नेतृत्व त्यहाँका सक्रिय युवाहरु सरोज राज शाही र मनोज डाँगीले गरेका थिए । कार्यक्रममा त्यहाँका १०० भन्दा धेरै युवा तथा जनसमुदायको सहभागीता रहेको शाहीले बताएका छन् । कोहलपुर क्षेत्रका सक्रिय युवा हरुको बाक्लो सभागिता रहेको र यो उर्जा, जोसका लागि सम्पुर्ण युवालाई धन्यवाद दिदै सरकारले घिसिङलाई पुन:नियुक्त नदिए फेरी प्रदर्शन जारी रहने समेत शाहीले चेतावनी दिएका छन् ।