कारकाँदोमा पसलमा छिर्यो बस, एकको ज्यान गयो


नेपालगन्जको कारकाँदो सिद्धार्थभ्यू नजिक शुक्रबार भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । घटनामा सात जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, कोहलपुर गैरहेको ट्याक्टरलाई बसले ठक्कर दिएपछि अनियन्त्रित भएको थियो । अनियन्त्रित बस अटो रिक्सा बनाउने पसलमा घुसेको थियो । जसमा अटो बनाउने मिस्त्रीको मृत्यु भएको छ । बसमा सवार ५, सडकमा हिडेका १ तथा एक मोटरसाइकल चालक घाइते भएका छन् । घाइते सबैको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ ।

The publish कारकाँदोमा पसलमा छिर्यो बस, एकको ज्यान गयो appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *