कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त


३० कात्तिक, काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् ।

यसको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

‘११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

उच्च स्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *