कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अपनाउनुहोस् यी तरिका


एजेन्सी । अहिले मानिसहरुको मुख्य समस्या भनेको रोज गारी,कमाई हो । मानिसलाई कमाइले जति सताइरहेको छ त्योभन्दा बढि उनीहरुले त्यसलाई बचाउन नसकेर समस्या मा परेका छन्।त्यसैले कतिपय मान्छेले भन्ने गर्छन ‘मेरो हातमा त पैसा नै बच्दैन के गर्ने होला, यदि तपाई पनि पैसा बचाउन नसकेर हैरान हुनुहुन्छ भने अपनाउनुहोस् यि उपाय :

१) खर्चलाई टिप्ने बानी बसालौं

तपाईले पैसा बचाउन चाहानुहुन्छ भने सबैभन्दा पहिला जागर चलाएर हरेक दिन गर्ने खर्चलाई टिप्ने बानि बसाल्नु होस् । ‘एक हजारको नोट जब साटिन्छ, त्यो कहाँ जान्छ थाहा नै हुँदैन ।’ मानिसहरुले धेरै गर्ने गुनासोमा यो पनि पर्छ । मानिसहरुको हातमा पैसा भएपछि त्यो कतिबेला खर्च भयो भन्ने नै मानिसले थाहा पाउँदैनन्। दुध, चिया, पत्रिका, तरकारी, आदिमा दैनिक रुपमा खर्चका शिर्षकहरु हुन् । यस्ता सानासाना आवश्यकतामा खर्च भइरहेपनि मानिसहरुलाई यसको बारेमा थाहा भइरहेको हुँदैन ।

त्यसैले दिनभरिमा गरेको खर्चलाई बेलुका घरमा पुगेर त्यस लाई डायरीमा टिप्ने बानी गर्नुभयो भने तपाईले दिनभरिमा गरेका खर्चको जानकारी हुन्छ । यसले भोलिपल्ट हुने खर्च लाई बचाउँछ अथवा भोलिपल्ट पैसा खर्च गर्नु अघि एक पटक अघिल्लो दिनको खर्च याद हुन्छ ।

२) खर्चको योजना बनाउनुहोस्

तपाईले मासिक रुपमा गर्ने खर्चको पहिले नै योजना बना उनु आवश्यक छ । यदि पैसा बचाउने हो भने, यो महिना कति खर्च गर्ने भन्ने पहिले नै योजना बनाउनु पर्छ । यसले तपाईको आवश्यकता के र त्यसमा पनि प्राथमिकीकरण गर्न सहयोग गर्छ । यसरी महिनामा गर्ने खर्चलाई पहिले नै योजना बनाएको हुनाले विशेष परिस्थिति बाहेक अन्य अवस्थामा त्यो भन्दा धेरै खर्च हुने छैन ।

३) पैसा बचाउने योजना

तपाईसँग हरेक महिनाको आम्दानीको विवरण आएपछि त्यसलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा पनि योजना बनाउनु पर्छ । मानिसका आवश्यकता धेरै हुन्छन् तर आ म्दानी सिमित हुने भएकोले त्यसलाई योजनाबद्ध रुपमा खर्च व्यवस्थापन गर्नुपर्छ । खर्चको विषयमा योजना बना उँदै सँगसँगै बचतको विषयमा पनि योजना बनाउनु पर्छ । हरेक महिना हुने आम्दानीको २० देखि ३० प्रतिशत सम्म बचत गर्ने बानी गर्दा राम्रो हुने विज्ञहरु बताउछन् ।

हामीले महिनाको अन्त्यमा तलव पाउने वित्तिकै, बैंकमा अर्को छुट्टै खाता बनाएर त्यसमा पैसा जम्मा गर्न सकिन्छ । जुन पैसा अत्यावश्यक बाहेक अन्य बेलामा प्रयोग नगर्ने विषयमा आफुलाई दह्रो बनाउनु पर्छ ।

४) उद्देश्य निधारण गर्ने

हामीले कुनै उद्देश्य नराख्नाले पनि पैसा बचत गर्न सकिर हेका छैनौं । पैसा बचत गर्दैगर्दा यति महिना पछि यति पैसा जम्मा गरेर यो कुरामा खर्च गर्छु भन्ने योजना बनाउनु पर्छ । यसरी खर्चको उद्देश्य निर्धारण गर्दा बचत गर्नमा प्रोत्साहन मिल्छ । मानौं यो दशैमा मोटरसाइकल किन्ने वा ल्यापटप किन्ने उद्देश्य राखियो भने दशै सम्ममा गर्ने विभिन्न खर्चलाई बचाएर आफ्नो उद्देश्य पुरा गर्नमा निकै मेहनत गरिन्छ ।

यस्तै घर किन्ने वा गाडि किन्ने बेलामा पनि यसको सबै मुल्य यति महिना भित्र तिर्नेछु भन्ने उद्देश्य निर्धारण गर्दा अन्य फजुल खर्च बचाउन सकिन्छ। यसरी खर्चको उद्देश्य बनाउँदा अल्पकालिन, मध्यकालिन र दिर्घकालिन बनाउनु पर्छ । छोटो समयमा पुरा गर्ने उद्देश्यलाई अल्पकालिन उद्देश्यमा राख्ने, यस्तै केही लामो लाई मध्यकालिन र निकै लामो खालको उद्देश्यलाई दिर्घकालिन बनाउने जस्तै छोराछोरिको शिक्षा । यसको लागि अहिले देखिनै बचत गर्ने ।

५) प्राथमिकता छनोट गर्ने

हामीले अत्यावश्यक वस्तु वा आवश्यक आवश्यकताका रुपमा कहिल्यै पनि छुट्याएका हुँदैनौं । त्यसैले गर्दा हामी सँग पैसा भएको बेलामा अगाडि जे देखिन्छ त्यसैमा खर्च गछौं । यसैले गर्दा हामी हामीलाई अत्यावश्यक आवश्य कतामा थप पैसा खर्च हुने संभावना हुन्छ । यसैले बेलैमा प्राथमिकता छनोट गर्दा पैसा बचत गर्न सहयोग मिल्छ ।

६) बढिरहेको बचतको बारेमा जानकारी लिइरहने

बैंकमा भएको बचतलाई बेलाबेलामा गएर हेरिरहने बानि गर्नाले पनि बचतलाई प्रोत्साहन गर्न सहयोग मिल्छ । यस री बचत हेरिरहँदा अघिल्लो महिनाको बचत भन्दा कम भएमा त्यसले झस्काउँछ । यदि अघिल्लो महिनाको भन्दा धेरै बचत देखिएमा त्यसले अर्को महिना त्यो भन्दा धेरै बचत गर्न पनि प्रोत्साहन गरिरहेको हुन्छ । यदि यसरी बचत हेरिरहँदा अघिल्लो महिना भन्दा कम भएमा कारण को खोजि गरि अर्को महिना देखि त्यसलाई समाधान गरि पुनः बचत बढाउन सकिन्छ ।

७) साप्ताहिक रुपमा खर्च गर्ने

हामीले कुनै पनि वस्तुको आवश्यकता परेमा जति वेला आवश्यकता पर्यो । त्यति बेला नै किन्ने बानी हुन्छ । तर, यो निकै नराम्रो बानी हो। हप्ताभरि आवश्यक पर्ने वस्तुलाई पहिले नै टिपोट गरेर हप्तामा एक पटक मात्रै खर्च गर्दा अनावश्यक खर्च कम हुन्छ । यस्तै, एकै पटक एउटै पसल मा गएर सामान खरिद गर्दा पसलबाट छुट पनि पाइने संभावना हुन्छ।

८) घरमा खाने बानी बसाल्ने

हामी बिहानै उठेपछि चिया खानको लागि बाहिर निस्कन्छौ । यसले गर्दा अस्वभाविक रुपमा हाम्रो खर्च बढिरहेको हुन्छ । सकेसम्म घरमा नै बनाउन सकिने खानेकुरा घरमा नै खाने बानीले पनि बचत बढाउन सकिन्छ । हामी अल्छीले गर्दा खाना पनि बाहिर खाने वा खानाको सट्टा रेडिमेट वस्तु खाने गर्छौं । यस्ता खानेकुराले स्वास्थ्यमा असर पर्नुको साथै बचतमा पनि सहयोग मिल्छ ।

The put up कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अपनाउनुहोस् यी तरिका appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *