ओम कृष्ण नेकपा केन्द्रीय सदस्यमा मनोनित


बौद्धिक खेलकर्मीका साथै युवा जमात माझ लोकप्रिय बनेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का युवा नेता बाग्मती प्रदेश कमिटी सदस्य युवा तथा खेलकुद बिभाग प्रमुख काठमाडौं जिल्ला क्षेत्र नं २ क को इन्चार्ज जस्तो महत्व पूर्ण जिम्मेवारी सफल रुपमा पूरा गर्दै गरेका ओम कृष्ण प्रसाई नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

प्रसाईकै नेतृत्वमा अघिल्लो स्थानीयका साथै प्रतिनिधिसभा र प्रदेससभाको चुनाबमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल तथा प्रदेश बाग्मतीका सभामुखले भारी मतले बिजय हासिल गरेका थिए । उनी खेलकुद, राजनीति लगायत विभिन्न सामाजिक संघ सस्थामा सकृय समेत रहेका छन् १ उनीलाई खेलकुदमा बौद्धिक ब्यक्तित्वका रुपमा पनि चिनिन्छ ।

नेकपाको केन्द्रीय सदस्य भए संगै विभिन्न सञ्चारमाध्यममा कुरा गर्दै उनले अबको कार्यक्रम भनेको पार्टीलाई संगठित र ब्यबस्थित गर्दै मुख्य मुद्दाका रुपमा युबा तथा खेलकुद र सामाजिक सुरक्षालाई ध्यान दिने बताए ।

The submit ओम कृष्ण नेकपा केन्द्रीय सदस्यमा मनोनित appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *