एसपी विष्ट सेनाका जमदारकी श्रीमतीसँग ….


काठमाण्डौ । सशस्त्र प्रहरीका एसपी हर्कबहादुर विष्टले नेपाली सेनाका एक जमदारको श्रीमतीसँग र’सलि’ला गरेको र’हस्य सार्वजनिक भएको छ ।

सेनाका जमदार चित्रबहादुर खड्का शान्ति मिसनका लागि सुडान गएका बेला उनकी श्रीमतीलाई सशस्त्रका एसपी विष्टले ‘यौ’न’स’म्पर्कस’मेत’ गरेको दुई जनाबीचको च्या’टबाट स्पष्ट हुन्छ । खड्काकी श्रीमती र एसपी विष्टबीच फेसबुक म्यासेन्जरमा गरेको लामो कुराकानी खड्काले फेला पारेपछि दुई जनाबीचको क’र्तु’त फेला परेको हो ।

खड्काले भने–“होटलमा बसेकोदेखि जंगलमा बसेको सबै प्रमाण छ । उस्तै परे दुई जनाबीच विवाह गर्नेसम्मका कुरा भएका छन् ।” बूढाले छोडे भने के गर्ने भनेर श्रीमतीले एसपी विष्टलाई सोध्दा म छँदै छु नि भनेर म्यासेजमा आश्वासन दिएको खड्काले बताए ।

दुई जनाबीच म्यासेन्जरमा भएका सम्पूर्ण कुराकानी सुरक्षित रोखको बताउँदै खड्काले अब कसरी यस विषयको टु’ङ्गो लगाउने भन्नेमा छलफल गरिरहेको बताए । २ जनाबीच घण्टौँसम्म कुरा गरेको रेकर्ड पनि फेला परेको बताउँदै खड्काले आफू सुडानमा एक वर्ष बसेका बेला यो सब भएको जानकारी दिए ।

खड्काले राष्ट्रको सेवा गर्न प्रहरीमा जागिर खाएका जिम्मेवार व्यक्तिले नै ग’लत काम गरेका विष्टिलाई सशस्त्री प्रहरील बलले का’रबाही गर्नुपर्ने माग गरेका छन् । विष्ट र आफ्नी श्रीमतीले ग’लत काम गर्दा आफू पि’डित भएको खड्काको गुनासो छ ।

एक वर्षको तलब र बैँकमा राखेको पैसालगायत केही रकम पनि खर्च गरेर सकिदिएको खड्काको गु’नासो छ । श्रीमतीले विष्टलाई घडी उपहार दिएको पनि च्या’टबाट प्रष्ट हुन्छ ।

आफ्नी श्रीमतीसँग ल’स’प’स गर्ने एसपी विष्टका एक श्रीमती र एक छोरी भएको बुझिएको छ । धनगढी घर भएका एसपी विष्टले सुर्खेतमा कार्यरत हुँदा खड्काकी श्री’मतीसँ’ग स’म्बन्ध बढाएका थिए ।

खड्का दम्पत्तीको ८ वर्षका एक छोरा र ५ वर्षकी एक छोरी छन् ।

(यो समाचार नेपाली सेनाका जमदार चित्रबहादुर खड्का स्वयम्को भनाईमा आधारित रहेर तयार पारिएको हो, हामिले रिपोटर्सक्लब नेपाल बाट साभार गरेका हौ ।)

यो पनि : कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताउनुभयो । “भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौँ”, उहाँले भन्नुभयो, “भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कूटनीतिक संवाद जारी राखेका छौँ ।”

उहाँले विश्व बजारमा सहजरुपमा उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले मापदण्डअनुसार कोभिडविरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराएर कोभिडविरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताउनुभयो ।

उहाँले कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलायमान बनाउन सरकार लागि परेको जनाउनुभयो । “अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छ”, उहाँले भन्नुभयो ।

यो पनि : समय फेरियो ः फेरिएन भरियाको जीवन

कपाल फुलेर सेताम्मे भएको भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो ढाकर भिरेर तोक्माको साथमा हिँडिरहेका देखिन्छन्, भक्तबहादुर । उहाँलाई कसैले भक्तबहादुर नाम लिएर बोलाउँदैनन् भने उहाँको नामले प्राय कसैले चिन्दैनन् पनि । बाटोमा भेट्ने कतिपयले ट्रक भनेर बोलाउँदा हाँस्दै बोल्ने भक्तबहादुरलाई नजिकै गएर तपाईको खास नाम के हो ? भनेर हामीले सोध्यौँ । उहाँले हाँस्दै जवाफ दिनुभयो–ट्रक ।

“सानैदेखि भारी बोक्ने काम गरियो, आफ्नै गाउँघरदेखि भारी बोकेर हिँड्ने बाटो आसपासका मानिसले पनि यतिकैमा ट्रक भनेर बोलाउन थाले, अहिले ट्रकभन्दा सबैले चिन्छन्”, उहाँले भन्नुभयो । निम्न आयस्तर भएका परिवारमा जन्मिनुभएका भक्तबहादुरले नौ वर्षको उमेरदेखि भारी बोक्न शुरु गर्नुभयो । “बाबुबाजेले खेती किसान गर्ने, भारी बोक्ने काम गर्थे, पढ्न लेख्न पाइँदैनथ्यो, नौ वर्षको हुँदादेखि भारी बोकेको हुँ”, उहाँले भन्नुभयो । उमेरले अहिले ६३ वर्ष पार गर्न लाग्नुभएका भक्तबहादुरले भारी बोकेर लामो बाटो हिँड्दाका दुःखकष्टदेखि पारिश्रमिक नपाएका गुनासा एकाएक गर्दै सुनाउनुभयो ।

कुनै समयमा दिनको एक पाथी अन्न लिएर भारी बोकेको स्मरण गर्दै उहाँले भन्नुभयो, “दिनको एक पाथी अन्न लिनेदिने सर्तमा १४ दिनसम्म लगातार भारी बोक्नुपथ्र्यो, पछिपछि पैसा लिएर बोक्न थालियो, तर कतिले ठगे ठगे हिसाब छैन ।” उहाँका अनुसार यातायातको पहुँच नहुँदा विराटनगरको जोगवनीदेखि ताप्लेजुङसम्म नून, तेललगायत सामान ढाकरमा नाम्लो लाएर बोक्नुपथ्र्यो । जोगवनीदेखि भारी बोकेर ताप्लेजुङ आइपुग्न १४ दिनसम्म लाग्थ्यो । जोगवनीदेखि धरान, वसन्तपुर, गुफा हुँदै ताप्लेजुङसम्म हिँडेर आइपुग्नुपथ्र्यो । बाक्लो बस्ती नहुँदाको समयमा पाटी पौवा र ओढारमा बास हुन्थ्यो । दिनमा तोक्मा र रातमा मट्टितेलबाट बालिने टुकी (बत्ती) को साथ हुन्थ्यो ।

सानो छँदा अरुको साथमा हिँड्ने भक्तबहादुर अलि ठूलो हुँदै गएपछि एक्लैएक्लै पनि हिँड्न थाल्नुभयो । “सानो छँदा १० किलो बोकेर हिँडेको याद छ, अरु पनि साथी हुन्थे, अलि पछि एक्लैएक्लै हुन थालियो, धेरैले त त्यसबेलादेखि नै भारी बोक्न छाडेछन्, अरु काममा लागे, मेरो चाहिँ भारी बोक्ने काम लगातार भयो”, उहाँले भन्नुभयो । एक दिन एक्लै हिँड्दा खैरेनीस्थित तमोरको किनारमा बाढीले बगाएर ल्याएको काठको मुढा माथी भारी अड्याउन खोज्दा अचानक खसेर तमोरमा डुबेको दुःखदायी क्षण घरीघरी सम्झनामा आउने गरेको पनि उहाँले सुनाउनुभयो ।

“धेरै अघिको कुरा हो, ढाकरसँगै तमोर नदीमा डुबेको थिए, कसोकसो गरेर निस्किएँ, त्यसबेला पनि दुःख धेरै थिए, भारी बोक्दा अझै पनि दुःख छ, तर पनि ढाकर र तोक्मा छाड्ने दिन कहिल्यै आएनन्, अहिले पनि भारी नै बोकेर गुजारा चलाउँछु”, उहाँले भन्नुभयो । उमेर छँदा ९६ किलोसम्मको भारी बोक्ने भक्तबहादुर अहिले पनि ५० किलोसम्मका भारी बोक्नुहुन्छ । समयसँगै पहाडी क्षेत्रमा यातायातको पहुँच बढ्दै जाँदा भारी बोकेर हिँड्ने दूरी साँघुरिँदै गयो । उमेरमा धरानदेखि ताप्लेजुङसम्म ९६ किलोसम्म बोकेको उहाँले बताउनुभयो । अहिले भक्तबहादुरको ढाकरसँग हिँड्ने दूरी साँघुरियो, भारी बोकेको अवधि फराकिलो हुँदै गयो । तर भारी बोकेर उहाँको जीवनमा कुनै ठूलो परिवर्तन आएन । सामान्य घर खर्च र परिवार पाल्नेबाहेक कुनै उपलब्धि नभएको उहाँको भनाइ छ ।

“खासै केहि गरिएन, दुई जना छोरा र चार बहिनी छोरी छन्, माइली अहिले कक्षा ११ मा पढ्दै छ, उसैलाई पढ्ने खर्च चाहिन्छ, घरमा खान लाउन चाहिन्छ, कमाएको पैसा त्यतिकैमा सकिन्छ”, उहाँले भन्नुभयो । करिब ५० वर्ष बढी भारी बोकेर धेरै सम्पत्ति नजोडे पनि घरपरिवार पाल्न सकेकामा भने आफूलाई सफल ठान्नुहुन्छ, भक्तबहादुर । गाउँगाउँमा यातायात पुगेसँगै पहिले जस्तो नियमित भारी बोक्ने काम कमै पाइन्छ । करिब सात÷आठ वर्षअघिसम्म पाँचथरको थर्पुदेखि ताप्लेजुङको गाउँगाउँसम्म भरियाको लाइन देखिन्थ्यो । अहिले गाउँमै सवारी साधन पुग्ने र कतै खच्चडले भारी बोक्न थालेपछि भरिया विस्थापित जस्तै बनेका छन् । कहिलेकाहीँ अलँैची ओसार्ने, साहुकोबाट कुनै घरसम्म चामललगायत सामान ओसार्ने जस्ता काम पाउने गरेको भक्तबहादुरले बताउनुभयो ।

उहाँजस्तै अरु थुप्रै भरियाले आजकल काम पाउन छाडेका छन् । सामान्य काम पाउने गरे पनि पछिल्लो समयमा सङ्क्रमणका कारण लामो समयसम्म भएको बन्दाबन्दीले पनि भरियालाई समस्या छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *