एमाले कर्णालीको अध्यक्षमा गोरख बोगटी

एमाले कर्णालीको अध्यक्षमा गोरख बोगटी


१७ चैत, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी गोरख बोगटीलाई दिइएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली समूहका बोगटीलाई प्रदेश कमिटीको अध्यक्षको जिम्मेवारी दिएको हो ।

यसअघिका प्रदेश अध्यक्ष सल्यानका गुलावजंग शाहलाई कमिटीको सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ । शाह कर्णाली प्रदेश सभा सदस्य पनि हुन् । दैलेखका लक्ष्मी पोखरेललाई पनि प्रदेश कमिटीको सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ । पोखरेल संविधान सभा सदस्य बनेका थिए ।

प्रदेश कमिटीको इञ्चार्जमा भने प्रदेश सभा सदस्य यामलाल कँडेललाई यसअघि नै जिम्मेवारी दिइएको थियो ।

ओली समूहका नेताहरुलाई मात्रै प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *