एचआइभी संक्रमित बालबालिका र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण (फोटो फिचर सहित)


बाँके, १६ मंसिर ।

३३ औँ विश्व एड्स दिवसको अवसरमा बाँकेका एचआइभी संक्रमित बालबालिका र ७० बर्ष माथिका एचआइभी संक्रमित जेष्ठ नारिकलाई न्यानो कपडा वितरण गरिएको छ । दिवसको अवसर पारेर भेरी अस्पतालमा रहेको एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) ले संक्रमित बालबालिका र जेष्ठ नागरिक गरि ३५ जनालाई न्यानो कपडा प्रदान गरेको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले एचआइभी संक्रमित बालबालिका र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको एएचएफका कोर्डिनेटर संजयकुमार पौडेलले जानकारी दिए ।

दिवसको अवसरमा नेपालगन्जमा साइकल र्याली समेत गरिएको थियो । विपी चोकबाट सुरु भएको साइकल र्यालीको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले रिवन काटेर उद्घाटन गरे । साइकल र्यालीमा ५० बढि साइकिलिष्टको सहभागिता रहेको थियो ।

साइकल र्यालीपछि आयोजित कार्यक्रममा भेरी अस्पतालका फिजिसियन डा. संकेत रिसाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह लगायतले एचआइभी÷एड्सका बारेमा विचार राखेका थिए । सोहि क्रममा एचआइभीबाट जोगाउने प्रमुख साधन मानिएको कण्डम समेत वितरण गरिएको थियो ।

बाँकेमा हालसम्म कुल एक हजार दुई सय १७ एचआइभी संक्रमित मध्ये एक सय ५४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । भेरी अस्पतालमा एण्टीरेक्ट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) सेवन गर्नेको संख्या चार सय ८३ जना रहेको एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ), नेपालगन्जका कोर्डिनेटर पौडेलले बताए । उनले बाँकेमा २० बालक र ८ बालिका गरि २८ जना एचआइभी संक्रमित बालबालिका रहेको बताए । ति सवै बालबालिकाले पनि भेरी अस्पतालबाट नियमित रुपमा एआरटी सेवन गर्दै आएको उनले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *