एक सेयर गरी धार्मिक कालिञ्चोक भगवतीको दर्शन गरि महिमा पढ्नुहोस …ॐ ॐ ॐ


धार्मिक र पर्यटकीय सम्भावना बोकेको कालिञ्चोक भगवती मन्दिरले संसारकै धनीमध्येको भारतको तिरूपति मन्दिरझै प्रसिद्ध बन्ने सम्भावना बोकेको छ । दोलखाको चरिकोट बजारबाट उत्तरपूर्व करिब १९ किलोमिटर सडक मार्ग पार गरेपछि कुरी बजार पुग्न सकिन्छ ।भौगोलिक रुपमा कुरी बजारले तिरुपति वालाजीको झझल्को दिन्छ भन्छन् पुगेर फर्कनेहरु ।प्राकृतिक छटा र जंगल पर्यटनको सम्भावना खोल्ने हो भने प्रदेश ३ को प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ, कालिञ्चोक भगवती मन्दिरले । मन्दिर दर्शनका लागि सरदर दैनिक दुई सय भक्तजनहरू पुग्ने गरेको पुजारी शान्तप्रसाद बस्यौला बताउँछन् ।

कुरी बजारदेखि मन्दीर आउजाउका लागि बन्न लागेको केवुलकारले बजार विस्तारको सम्भावना बढाएको छ भने आन्तरिक पर्यटनको ढोका खुल्न सक्ने विश्वास स्थानियले गरेका छन् ।समुद्र सतहबाट ३८४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरको उत्तरतिर गौरीशंकर हिमाल आँखा अगाडि नै ठोकिन्छ ।हिमालको एउटा टाकुरो भगवती पार्वती र अर्को टाकुरो भगवान शिवको स्वरूप भएकाले गौरीशंकर नामाकरण गरिएको हो । सरकारले धेरै हिमालहरू आरोहणका लागि खुला गरे पनि भगवानहरूको शिर मानिने गौरीशंकर हिमाल आरोहणका लागि खुला गरेको छैन ।

गुठी संस्थानबाट मूल पुजारीका रूपमा दुई वर्षदेखि काम गरिरहेका शान्तप्रसाद बस्यौला भन्छन्– यो ठाउँ धार्मिक हिसाबले जति महत्वपूर्ण छ, पर्यटकीय हिसाबले पनि उत्तिकै मनोरम छ । १०८ वर्षदेखिका घण्ट सुरक्षित नै छन् भने त्यसअघिको शिलालेख कतै भटिएको छैन ।तर देवीको पूजाआजाका लागि मान्छेहरू हजारांै वर्षदेखि आइरहने गरेको किंवदन्ती छ, कुरी बजारमा भेटिएका निमा शेर्पाले भने । कालिञ्चोक भगवतीको बारेमा एउटा किंवदन्ती छ । हिमालको चुचुराको रूपधारण गरेर बसेका गौरी र शंकरको तपस्यामा रहेकी कालीदेवीमाथि शैलेश्वरबाट घुम्दै आएका राक्षसहरूले गिद्देनजर लगाए छन् ।

मन्दिरको दक्षिणतिरका सयवटा पहाडलाई शैलेश्वर भनिन्छ, जहाँ राक्षसहरूको बस्ती रहेछ । त्यहाँबाट घुम्दै आएका राक्षसहरूले रूपवती कालीदेवीलाई देखेपछि हामी बलवान पनि छौं, धनवान पनि छौं, हाम्रा राजा समन्वय सम्बरसँग विवाह गरेर आनन्दले बस भने छन् ।हुन्छ, तर उनीसँग विवाह गर्न मेरो एउटा सर्त छ, त्यो के हो भने जसले युद्धमा मलाई जित्न सक्छ, उसैसँग मेरो विवाह हुन्छ । यो कुरा राक्षसहरूले राजा सम्बरलाई सुनाएपछि उनले तुरुन्तै आदेश दिए– ल जाओ, त्यो केटीलाई लिएर आओ ।राक्षसहरूका राजा सम्बरको यो आदेशपछि लडाइँमा गएका राक्षसी सेनाले कालीदेवीमाथि आक्रमण सुरु गरे । युद्धमा धेरै राक्षस मारिए, काटिए, उनीहरूको रगतले अहिलेको कुरी बजार भरिएको थियो रे मूल पुजारी बस्यौलाले भने ।

The publish एक सेयर गरी धार्मिक कालिञ्चोक भगवतीको दर्शन गरि महिमा पढ्नुहोस …ॐ ॐ ॐ appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *