एकै परिवारका सदस्यले खिचेको तस्बिरले संसारलाई नै रु’वायो


काठमान्डौ : इण्डोनेशियामा श्रीविजय एयरको वि मान दु’र्घ ट नामा परेको एक परिवारले विमान उड्नु ठिक अघि सामाजिक संजालमा गरेको पोस्टले त्यो परिवारको दुः’खद नियतिको खुलासा गरेको छ । उनीहरुलाई नियतिले तानेर मृ’त्यु को मुखमा पुर्याएको पाइएको छ । राती विन्डानिया नामकी एक महिलाले विमानको सिटमा बसेर आफ्ना तीन छोराछोरीसँगै खिचेको सेल्फी सार्वजनिक भएपछि उनीहरुको दु’ख द नियतिको खुलासा भएको हो ।

उनले तस्वीर पोस्ट गर्दै आफूहरु घर जान लागेको उल्लेख गरेकी थिइन् । उनका दाजु इरफान्स्याह रियान्तोले पनि परिवारको फोटो पोस्ट गर्दै उनीहरुको लागि प्रार्थना गर्न भनेका थिए । इरफान्स्याहका अनुसार उनको परिवारले खासमा अर्कै विमानबाट यात्रा गर्ने तय थियो तर अन्तिम समयमा उनीहरुले उडान परिवर्तन गरे । डेलीमेलको रिपोर्टअनुसार शनिबार आत्तिँदै जाकार्ताको सोएकार्नो हात्ता विमानस्थल पुगेका इरफान्स्याहले आइतबारसम्म पनि आफ्नी बहिनी र अभिभावकसहित परिवारका ५ जनाको बारेमा शुभ खबरको आशा गरिरहेका थिए । ‘हामी शक्तिहीन महसुस गरिरहेका छौं । हामी केवल पर्खन र छिटै कुनै सूचना पाउने आशा गर्न सक्छौं इरफान्स्याहले संवाददाताहरुसँग भने ।

उनका अनुसार उनको परिवारले चाँडैको उडानमा घर जाने योजना थियो । त्यो जहाज श्रीविजयले नै संचालन गरिएको नाम एयरको उडान थियो । तर, उनीहरुले किन उडान परिवर्तन गरे भन्ने विषयमा उनी आफैं अनपिभत्र छन् । उनकी बहिनी र उनका छोराछोरी तीन हप्ताको विदाको समय सकेर पश्चिम कालिमान्तान द्वीपमा रहेको पोन्तियानाकस्थित आफ्नो घर जाँदै थिए । ‘उनीहरुलाई विमानस्थलसम्म गाडीमा मैले नै लगेको थिएँ, चेक इन र लगेजको लागि पनि सहयोग गरेकको थिएँ । यस्तो लागिरहेको छ, म अझै यसलाई विश्वास गर्न सकिरहेको छैन । यो निकै छिटो भयो इरफान्स्याहले भने ।

यो पनि : देशभर थप १३ नयाँ विमानस्थल बनाउने तयारी

प्रस्तावित विमानस्थल अहिलेमात्र अगाडि बढेका भने होइनन् । विगतदेखि सरकारले नीति तथा कार्यक्रममा राखेपनि कार्यानवयनमा जान नसकेका विमानस्थल आयोजनालाई प्राधिकरणले प्रस्तावित विमानस्थलको सूचिमा राखेको हो । नेपालमा अहिले निर्माण सम्पन्न भइसकेका विमानस्थलको संख्या ५४ पुगिसकेको छ । यसमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलसमेत हो । बनिसकेका विमानस्थलमध्ये ३२ विमानस्थलमात्र नियमित संचालनमा छन् ।

२२ विमानस्थल भने ब न्द अवस्थामा छन् । कतिपय व्यापारिक दृष्टिले चल्न सकेनन् भने कतिपय सडक यातायातका कारण विमानस्थल नै विस्थापित हुने अवस्थामा पुगेका हुन् । दुई विमानस्थल (पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय र अर्घाखाँची विमानस्थल) निर्माणाधिन अवस्थामा छन् । दाङ (नारायणपुर), धनकुटा, धरान, गुडेल (सोलुखुम्बु) , हुम्ला (मदनखौला) , पाँचथर (रानीटार), प्यूठान (स्वर्गद्धारी), निजगढ विमानस्थल (बारा), तेह्रथुम (चुहानडाँडा), उदयपुर (जोगिदह), बागलुङ (अरङकोट), काभ्रे र चरङ (मुस्ताङ) मा विमानस्थल बनाउन प्स्ताव गरिएको हो ।

सम्भाव्यता नदेखिएको काभ्रेदेखि चुहानडाँसडासम्म – सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल बनाउने योजना समेटेको छ । ‘उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक आन्तरिक विमानस्थल निर्माण गरिने छ,’ बजेटमा उल्लेख छ ।

यो त्यही आयोजना हो, जसलाई प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले फिर्ता लिन निर्देशन दिएको थियो । समितिले काठमाडौं नजिकै अर्को विमानस्थल आवश्यक नरहेको भन्दै सरकारलाई यो कार्यक्रम फिर्ता लिन निर्देशन दिएको थियो । तर, सरकारले भने यस विमानस्थलमा हरेक वर्ष बजेट छुट्याउने गरेको छ । काभ्रेमा विज्ञ टोली र नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत विमानस्थल बनाउन उपयुक्त स्थान भेटिसकेका छैनन् । सोहीकारण आव २०७५/७६ मा यस विमानस्थलका लागि राखिएको २५ करोड रुपैयाँ खर्च नै हुन सकेन ।

स्व. तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी दूर्घटनामा परेकै दिन १५ फागुन २०७५ मा तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडा विमानस्थल आयोजनाको स्थलगत अनुगमनमा थिए । यो विमानस्थल आयोजनासमेत नयाँ प्रस्तावित विमानस्थलको सूचीमा राखिएको छ । यो विमानस्थल निर्माणमा ८७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । चालु आवमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत सम्भाब्यता अध्ययन (डीपीआर) को काम समेत सक्ने लक्ष्य प्राधिकरणले लिएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *