एकैदिन दाङकी २० बर्षीया र टीकापुरकी ५६ बर्षीया महिलाको कोरोनाका कारण मृत्यु


बाँके, २१ कात्तिक ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तुल्सीपुर उपमहानगरपालिका–१०, दाङकी २० बर्षीया महिला र टीकापुर नगरपालिका–१, कैलालीकी ५६ बर्षीया कोरोना महिलाको उपचारका क्रममा शुक्रवार मृत्यु भएको छ । प्रसुती ब्यथाले च्यापेपछि दाङकी महिलालाई १६ कात्तिकमा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
उनले १७ कात्तिकमा बच्चालाई जन्म दिएकी थिइन् । १८ कात्तिकमा कोरोना पुष्टि भएकी ति महिलाको २१ कात्तिक दिउँसो ३ः२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
त्यसैरि, टीकापुर नगरपालिका–१, कैलालीकी ५६ बर्षीया महिलाको शुक्रवार दिउँसो २ः४५ बजे मृत्यु भएको उनले बताए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । सोही दिन उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
विहीवार रातीमात्र भेरी अस्पतालमा उपचाररत लमही नगरपालिका–१०, दाङका ६४ बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । योसँगै बाहिरी जिल्लाबाट आएर उपचाररत मध्ये मृत्यु हुनेको संख्या २६ पुगेको छ । शनिबारदेखि यहाँका दुई अस्पतालमा बाँकेका चार, दाङका सात र कैलालीको दुइजना गरि १३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *