एउटै मण्डपमा दुइटी बेहुलीसँग बिहे : एउटी प्रेमिका अर्की दुलाहको परिवारले रोजेकी


काठमाडौं- भारतको मध्यप्रदेशमा एक युवकले दुई श्रीमतीसँग सँगै बिहे गरेका छन्। उनले दुवैलाई एउटै मण्डपमा राखेर बिहे सम्पन्न गरेका हुन्। यो अनौठो बिहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेकाे छ। यो आश्चर्यजनक घटनामा सहभागी दुई दुलहीमध्ये एउटी दुलाहाकी प्रेमिका हुन् भने एउटी दुलाहको परिवारले रोजेकी बुहारी।

दुवै कन्यालाई सँगै राखेर गरिएको बिहेमा दुलाहसहित दुवै दुलहीको परिवार सहभागी भएको थियो। यस्तो अनौठो बिहे मध्य प्रदेशको बैतुल जिल्लास्थित डाडोँगरी तहसिलको केरिया गाउँमा भएको हो। सन्दीप नामका ती युवकले बिहेको सबै विधिविधान पूरा गरी दुवै दुलही भित्र्याएका छन्। समाचारमा जनाइएअनुसार सन्दीपले भोपालमा पढ्दै गर्दा होसंगावादकी एक युवतीसँग प्रेम गरेका थिए। दुवै जनाले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने निधो गरे।

यो कुरा सन्दीपले घरपरिवारलाई भनेका थिएनन्। घरपरिवारले उनको लागि अर्की दुलही खोजेर बिहेको तयारी गरिदिँदै थिए। सन्दीप घरमा पुगेपछि परिवारले बिहेका लागि दुलही खोजीसकेको कुरा सुनाए। सन्दीप आफैंले पनि दुलही खोजेका थिए। एउटी प्रेम गरेकी र अर्की परिवारले वचन दिएकी युवती कुनैलाई पनि छोड्न सक्ने अवस्था बनेन।अन्ततः एउटै मण्डपमा दुवै दुलहीसँग उनी बिहे बन्धनमा बाँधिए।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *