आफ्नै छोरासंग यी महिलाले जे गरिन…


एक महिला कोरोनाले ल्याएको अवस्थाले यस्तो भइन् की उनले आफ्नो १० वर्षको छोरालाई पनि स’म्हाल्न सकिनन् । उनले यो विश्वलाई ब्यालेन्समा राख्न अब यो मेरो छोराको त्या’ग गर्नुपर्छ भन्दै छोरालाई नै संसारवाट वि’दा गरिदिइन् । यो घटना इंग्लैंडमा भएको हो । घटनाको समय उनका श्रीमान पनि साथमा थिएनन् ।

ओल्गा नाम गरेकी उक्त महिलाका श्रीमान डीन फ्री’मेन स्पेनमा थिए । यता लकडाउनका कारण उनको श्रीमतीको मा’नसिक अ’व’स्था विग्रियो । आर्थिक समस्याका कारण उनले आफ्नो सन्तुलन गुमाइन् । छोराको निधन पछि ति महिलालाई पनि अहिले अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको छ । वेष्ट लं’दनमा बस्ने ति महिलाका छोरा स्पेशल बच्चा थिए । जसलाई २४ सै घण्टा निगरानी गर्नुपर्ने थियो । कमजोर छोराको २४ घण्टा गर्नुपर्ने रेखदेख र लकडाउनले ल्याएको समस्यालाई उनले सम्हाल्न सकिनन् ।

घटना हुनु अघि ओल्गाको एक भिडियो अहिले भाइरल भइरहेको छ । जुन भिडियो उनको साथीले लुकेर खिचेकी थिइन् । त्यसमा उनले भनेकी छन्, यो मेरो काम हो, यो विश्वलाई ब्यालेन्समा राख्नका लागि मलाई मेरो छोरा त्या’ग गर्नुपर्नेछ । छोराको निधन पछि उनले आफुलाई प्रहरीको मा आ’त्म समर्पण गरेकी छन् ।

यो घटना पछि उनलाई उपचार थालिएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुले ओल्गा डि’प्रे’श’न’मा रहेको बताएका छन् । लकडाउनका कारण उनको सबै काम बन्द भएको र छोराको पालन पोषण गर्न पनि समस्या भएका कारण उनको यस्तो अवस्था आएको चिकित्सकहरुले बताएका छन् । एजेन्सी

यो पनि : सुदूर बस्तीका एक्लो पसले, जो १४ घण्टा डुंगा चलाएर सामान ल्याउँछन्

अलास्का क्षेत्रको दुर्गम क्षेत्र गुस्ताभसमा एउटा किराना पसल छ । अधिकांश गाउँलेहरुले दैनिक उपभोग्य सामग्री तथा अन्य सामग्री खरिद गर्ने मुख्य पसल नै यही हो । यस गाउँमा पुग्न या त हवाइ मार्ग हुँदै जानुपर्छ, या जलमार्ग । कोरोना भाइरसको महामारीका कारण स्थानीयहरु खाद्यान्न तथा अन्य सामग्री संकलन गर्न चाहन्थे । तर बाटोको कठिनाइका कारण हरेक हप्ता सामान खरिद गर्नुपर्ने बाध्यता छ ।

त्यसो त, पसले तोसुआ पार्करले सबै ग्राहकका लागि हरेक साता सामान खरिद गरेर ल्याउँछन् । उनी हरेक साता ५० माइलको कठिन बाटो डुंगामा यात्रा गर्छन् । अर्थात् हरेक साता १४ घण्टाको यात्रा गरेर उनी खाद्यान्न तथा सामग्री पसलका लागि ल्याउँछन् ।

गुस्ताभस ‘ग्लेसियर बे नेश्नल पार्क’को सिमानामा पर्ने एक सानो तटीय क्षेत्र हो । जहाँ ४५० मानिस बसोबास गर्छन् । र ती सबैजसो मानिस खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका लागि उनै तोसुआ पार्करको ‘पार्कर स्टोर’मा भर पर्दैआएका छन् ।

‘यस क्षेत्र स्वतन्त्र र आत्मनिर्भर पनि छ । जतिबेला यहाँ समस्या आइपर्छ, कसैको मुख ताक्ने चलन छैन । हामी आफैँ अघि सरेर निकाश निकालछौँ’ पार्करले भने । त्यसो त, पार्करले पनि महामारीका कारण खाद्य संकट हुनसक्ने भएपछि आफैँ खटेर समुदायको खाद्यान्न भर्ने जिम्मा लिएका हुन् ।

उनले मार्चदेखि नै हरेक साता डुंगा चलाएर खाद्यान्न ओसार्न थालेका हुन् । मौसम र समुद्री ज्वारका आधारमा उनी सामान खरिद गर्न जाने तालिका तय गर्छन् । यस्तो कठिन महामारीको अवस्थामा पार्कर आफ्नो समुदायलाई बचाउन आफूले जोखिम मोलेको बताउँछन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *