अपरेशन खैरीकोट, सात हतियार सहित नौ जना सेनाको फन्दामा


बाँके राष्ट्रिय निकुञ्जमा अवैध रुपमा हतियार सहित प्रवेश गरेको आरोपमा नौ जना पक्राउ परेका छन् ।

बिहीबार विहान ३ देखि ७ बजेका बीचमा बाँके राष्ट्रिय निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेना, श्री श्रीमेहर गणले संयुक्त रुपमा अपरेशन खैरीकोट सञ्चालन गरी निकुञ्जमा हतियार सहित प्रवेश गर्ने ९ जनालाई सात थान हतियार सहित नियन्त्रणमा लिन सफल भएको निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले जानकारी दिएका छन् ।

निकुञ्जमा सञ्चालित अपरेशन महाहन्ट अन्तर्गत निकुञ्ज प्रवेश गर्ने व्यक्तिहरुको त्यसअघि नै पहिचान गरि सकिएको थियो । निकुञ्जमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले सबैलाई सल्यान कालिमाटि गाउँपालिका वडा नं. २ र ३ बाट नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

The submit अपरेशन खैरीकोट, सात हतियार सहित नौ जना सेनाको फन्दामा appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *