अपराधीलाई सजाय माग्दै प्रदर्शन


करणी नमानेपछि १६ वर्षीया किशोरीको हत्या प्रयासमा संलग्नलाई पक्राउ गर्न ढिलाई भएको भन्दै मंगलवार नेपालगन्जमा प्रदर्शन गरिएको छ । हत्याको प्रयास गर्ने दोषीलाई कार्बाहीको माग गर्दै राप्रपा नेपालगन्ज युवा नगर कार्यसमितिले मंगलवार त्रिभुवन चोकमा बिरोध प्रदर्शन गरेको हो ।

जबर्जस्ती करणी र हत्या प्रयासमा संलग्न दोषीलाई पक्राउ गरी तत्काल कार्बाही नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी राप्रपाले दिएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवा नगर कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रममा नगर अध्यक्ष रबी बर्माले प्रशासनले तत्काल दोषीलाई पक्राउ गरी कार्वाही गर्न माग गरे । उनले कारबाहीमा ढिलाई भए युवा संगठन चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए । युवा संगठनका केन्द्रीय उपाध्यक्ष ऋषिराज देवकोटा जिल्ला अध्यक्ष हुकुम केसी लगायतका नेताको सहभागितामा प्रदर्शन गरिएको हो ।

The submit अपराधीलाई सजाय माग्दै प्रदर्शन appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *