१६ माघ, काठमाडौं । अनलाइनखबरकर्मी सागर बुढाथोकीसहित तीन पत्रकार बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मानबाट सम्मानित भएका छन् ।
फाउण्डेसनले कोरोना महामारीका क्रममा उत्कृष्ट सेवा प्रदान गरेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्य सहयोगीलाई यो सम्मान प्रदान गरेको हो ।
पत्रिकारिता विधिमा बुढाथोकीसँगै कान्तिपुरकी फातिमा बानु र देशसञ्चारकी वर्षा शाह सम्मानित भएका हुन् । यो पुरस्कारको राशी २ लाख रुपैयाँ छ ।